कुसुम गौतम
ए कवि!
म तिम्रो कलमको मसीमा
तिम्रा भित्री भावनारू समेटेर बग्न सकिनँ
आकाश छट्पटिएको बेला
धरती दुःखेको बेला
तिम्रो कलमको गजल पनि बन्न सकिनँ
म वसन्त
प्रकृतिकै एउटा अभिन्न अङ्ग
प्रत्येक वर्षहरू झैँ
उजाडिएको वसुन्धरालाई सजाउन
आफ्नो दायित्वको बोध लिएर
एउटा हातमा खुसीका रङ्ग
अर्को हातमा कला भर्ने कुँची समाउँदै
मभित्रका उत्कृष्ट कलाको प्रदर्शनी दिन
आएको हूँ प्रिय कवि!
तर..म एक असफल यात्री बनेँ
डर,त्रास र भोकको महामारीमा
निसासिएका मानिसहरूको
चाउरिएका मनोबलहरूमा
मेरो छवि मूल्यहीन भयो
अभावका रेखाङ्कित मुटुहरूले
वसन्तको नाम मेटिदिएका छन्
यहाँ मैले
फूलहरूमा सुवास छर्न सकिनँ
झर्नाहरूमा मीठो धुन बन्न सकिनँ
पूर्वी आकाशको कुनामा
उदाउने इन्द्रेनीमा पनि कुनै रङ्ग भर्न सकिनँ
त्यसैले ...
ए मेरा प्रिय कवि!
म तिम्रो कलमको मसीमा
तिम्रा भित्री भावनाहरू समेटेर बग्न सकिनँ.... ।।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया