कुसुम गौतम
ए कवि!
म तिम्रो कलमको मसीमा
तिम्रा भित्री भावनारू समेटेर बग्न सकिनँ
आकाश छट्पटिएको बेला
धरती दुःखेको बेला
तिम्रो कलमको गजल पनि बन्न सकिनँ
म वसन्त
प्रकृतिकै एउटा अभिन्न अङ्ग
प्रत्येक वर्षहरू झैँ
उजाडिएको वसुन्धरालाई सजाउन
आफ्नो दायित्वको बोध लिएर
एउटा हातमा खुसीका रङ्ग
अर्को हातमा कला भर्ने कुँची समाउँदै
मभित्रका उत्कृष्ट कलाको प्रदर्शनी दिन
आएको हूँ प्रिय कवि!
तर..म एक असफल यात्री बनेँ
डर,त्रास र भोकको महामारीमा
निसासिएका मानिसहरूको
चाउरिएका मनोबलहरूमा
मेरो छवि मूल्यहीन भयो
अभावका रेखाङ्कित मुटुहरूले
वसन्तको नाम मेटिदिएका छन्
यहाँ मैले
फूलहरूमा सुवास छर्न सकिनँ
झर्नाहरूमा मीठो धुन बन्न सकिनँ
पूर्वी आकाशको कुनामा
उदाउने इन्द्रेनीमा पनि कुनै रङ्ग भर्न सकिनँ
त्यसैले ...
ए मेरा प्रिय कवि!
म तिम्रो कलमको मसीमा
तिम्रा भित्री भावनाहरू समेटेर बग्न सकिनँ.... ।।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया