बिएल संवाददाता
मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ।
जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।
‘जनवरी १ देखि भिसाको म्याद सकिएकाहरुलाई मलेसियाको अध्यागमन विभागमा गएर स्वदेश फर्कन पाउने अवसर छ,’ राजदूत पाण्डेले भने, ‘यसबारे हामीले परराष्ट्रमा जानकारी पठाएको छौं।’
अवैधानिक रुपमा विदेशमा बस्दा श्रमिकलाई समस्या हुने भएकाले पनि यसरी अवसर पाएका बेला नेपालीलाई स्वदेश फर्काउनुपर्ने राजदूत पाण्डेको भनाइ छ ।
उनले भने, ‘परराष्ट्रलाई नेपाली फर्कन पाउनुपर्छ र फर्काइनुपर्छ भनेर भनेका छौं, प्रतिक्रिया आएको छैन ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया