बाह्रखरी
सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ बाट लकडाउन गरेको छ । लकडाउनको आज ४४ दिन पुगेको छ । जनस्वास्थ्य विज्ञहरूले भने कोरोना परीक्षणको दायरा अझै बढाउनुपर्ने बताउँदै आएका छन् । जनस्वास्थ्यविज्ञ समिरमणि दीक्षित पनि परीक्षणको दायरा बढाउनु पर्ने बताउँछन् । उनले संक्रमणको जोखिम कम रहेका जिल्लाहरू विस्तारै खुकुलो बनाउँदै जानुपर्ने सुझाएका छन् ।
“६ सातासम्म सरकारले कोरोना परीक्षण जसरी बढाउनुपर्ने हो त्योअनुसार बढाएको देखिँदैन,” उनले भने, “लक्षणका आधारमा पनि कोरोना परीक्षण गनुपर्ने हुन्छ । तर यस्तो देखिँदैन ।” सरकारले परीक्षण नबढाउने तर लकडाउन मात्रै कोरोना नियन्त्रणको समाधान ठानेको जिकिरसमेत गरे । “सरकारले परीक्षण बढाएको भए ६ सातासम्म संक्रमण भएको र नभएको पत्ता लाग्थ्यो । परीक्षण नहुँदा सरकारलाई थाहै हुन सकेको छैन, स्वयं अन्योलमा रहेको बुझ्न सकिन्छ ।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया