
बिमला गुप्ता
जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषध भण्डारण गरिरहेको अवस्थामा एक महिलासहित ५ जनालाई पक्राउ गरेको छ। लागूऔषध घरमा भण्डार गरि खरिद बिक्रि गरि रहेको सुचनाको आधारमा बुधबार ४ बजे प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
घरको बक्सपलङ भित्र बिक्रि बितरणका लागि लुकाइछिपाई राखेको लागूऔषधमा डिआलेक्स डिसि एक सय एमएलको ८७ बोतल, सोही परिमाणको ओनेरेक्स १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस, र सिम्प्लेक्सट ५७ पिससहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगपालिका वडा नं. ३ बस्ने रामबालक पटेलका छोरा बर्ष ४६ को सन्तोष पटेल, पटेलको श्रीमती बर्ष ३७ की बबिता देवी, वडा नं.३ का २८ बर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नं.२ बहुअर्वाभाठा बस्ने २८ बर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउपालीका वडा नं.३ नौतन बस्ने ३२ बर्षका मुग्रिम साह रहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
उनले पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धा भइरहेको जानकारी दिइन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया