बिएल संवाददाता
‘अमेरिकन आइडल’ को ‘टप–१०’ भित्र पर्न सफल दिवेश पोखरेलको समर्थनमा शनिबार काठमाडौंको कलंकीस्थित रवीभवनमा रहेको सुनार गाउँका छिमेकीहरूले र्यालीको आयोजना गरेका छन्।
कोरोना संक्रमणको त्रासका बीच सामाजिक दूरीलाई मध्यनजर राख्दै निकालिएको र्यालीले काठमाडौंका विभिन्न स्थानमा दिवेश पाेखरेलको पोस्टर तथा फ्ल्याक्स टाँसेको थियो। दिवेशको घर भएको सुनार गाउँवासीले रकम संकलन गर्दै उनलाई ‘अमेरिकन आइडल’ को विजेता बनाउन सर्वसाधारणलाई भोटिङ गर्ने तरिका पनि सिकाएका थिए।
उनलाई भोटिङ गर्न आग्रह गर्दै कलंकीदेखि बानेश्वर हुँदै चावहील र न्युरोडसम्म ब्यानर टाँसिएको थियो। ‘दिवेशले विदेशमा गएर हाम्रो देशको नाम चम्काइरहेको छ। यसैले छिमेकी हुनुको नाताले हाम्रो पनि केही दायित्व बन्छ। यसैले हामीले काेरोनाको यत्रो त्रास हुँदा पनि कार्यक्रमको आयोजना गर्यौ,’ आयोजक बिकी श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
आयोजक श्रेष्ठ दिवेशले विभिन्न अन्तर्वार्तामा नेपालको मार्केटिङ गरेको कुराले आफू निकै प्रभावित भएको बताए। ‘उसले उपाधि नै जितोस् भन्ने हाम्रो कामना छ,’ उनले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया