बिएल संवाददाता
‘अमेरिकन आइडल’ को ‘टप–१०’ भित्र पर्न सफल दिवेश पोखरेलको समर्थनमा शनिबार काठमाडौंको कलंकीस्थित रवीभवनमा रहेको सुनार गाउँका छिमेकीहरूले र्यालीको आयोजना गरेका छन्।
कोरोना संक्रमणको त्रासका बीच सामाजिक दूरीलाई मध्यनजर राख्दै निकालिएको र्यालीले काठमाडौंका विभिन्न स्थानमा दिवेश पाेखरेलको पोस्टर तथा फ्ल्याक्स टाँसेको थियो। दिवेशको घर भएको सुनार गाउँवासीले रकम संकलन गर्दै उनलाई ‘अमेरिकन आइडल’ को विजेता बनाउन सर्वसाधारणलाई भोटिङ गर्ने तरिका पनि सिकाएका थिए।
उनलाई भोटिङ गर्न आग्रह गर्दै कलंकीदेखि बानेश्वर हुँदै चावहील र न्युरोडसम्म ब्यानर टाँसिएको थियो। ‘दिवेशले विदेशमा गएर हाम्रो देशको नाम चम्काइरहेको छ। यसैले छिमेकी हुनुको नाताले हाम्रो पनि केही दायित्व बन्छ। यसैले हामीले काेरोनाको यत्रो त्रास हुँदा पनि कार्यक्रमको आयोजना गर्यौ,’ आयोजक बिकी श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
आयोजक श्रेष्ठ दिवेशले विभिन्न अन्तर्वार्तामा नेपालको मार्केटिङ गरेको कुराले आफू निकै प्रभावित भएको बताए। ‘उसले उपाधि नै जितोस् भन्ने हाम्रो कामना छ,’ उनले भने।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया