बिएल संवाददाता
नेपाली युवा प्रतिभा दिवेश पोखरेल अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन्। उनको यो सफलतासँगै अमेरिकी आइडलमा नेपाल र नेपालीको पक्षमा अर्को नयाँ इतिहासको पाना थपिएको छ।
दिवेशले कान्सासको विचितामा रहेको घरबाट आस्ली टिस्डेलको अमेरिकी कालजयी गीत 'किस्ड दि गर्ल' गाएका थिए। उनले गीतलाई सधैझैं आफ्नो फ्लेबर दिएर गाएका थिए। उनको गीत सुनेर निर्णायकहरूले उनको खुलेर प्रशंसा गर्दै अगाडिको यात्राका लागि शुभकामना दिए।
यो समाचार तयार भैरहेको बेला अमेरिकी टेलिभिजन च्यानल एबीसीमा अमेरिकी अमेरिकन आइडलको प्रत्यक्ष प्रसारण भैरहेको छ।
गत आइतबार साँंझ उनले कान्सासको वाचितास्थित घरबाट उत्कृष्ट ७ का लागि सांगीतिक कोसेली प्रस्तुत गरेका थिए। पृष्ठभूमिमा हिमाल राखेर गितार बजाउँदै उनले जोन डेन्भरको सदाबहार गीत 'टेक मी होम कन्ट्री रोड' गाएका थिए। गीतको मर्मलाई इज्जत गर्दै आफ्नै पनमा ढाँचेर उनले गाएको गीतले निर्णायकहरूको मात्र हैन, दर्शक/स्रोताको पनि मन जितेको थियो।
यसरी गर्न सकिन्छ दिवेश पोखरेललाई भोट
१. अमेरिकामा रहेका टेलिफोन नम्बरबाट १६ टाइप गरी २१५२३ मा १० पटक टेक्स्ड मेसेज गर्ने
२. अमेरिकन आइडलको एप्स डाउन लोड गरी आर्थर गन खोज्ने र त्यसमा १० पटक भोट गर्ने
३. https://idolvote.abc.com/ मा गई इमेलमार्फत् दर्ता गरी आर्थर गन खोज्ने र त्यसमा १० पटक भोट गर्ने
यसरी अमेरिकी पूर्वी समयअनुसार सोमबार विहान ९ बजेसम्म ३० भोट गर्न सकिन्छ।
दिवेश अमेरिकी आइडलको यो सिजनमा विभिन्न चरणमा उत्कृष्टता प्रस्तुत गर्दै उत्कृष्ट २० मा पुगेका थिए। अनलाइन भोटिङको यो पहिलो चरणमा तीन करोड ६० लाख मत पाउँदै उनी उत्कृष्ट १० मा पुगेका थिए।
सांगीतिक नाम आर्थर गन राखेका दिवेश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता अमेरिकाको मध्यपश्चिमी राज्य कान्सासको एक सानो सहर हो। सन् २०१४ मा आएका दिवेशले छोटो समयमै लामो सांगीतिक फड्को मारिसकेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया