
निर्देशक सुजित सिरकारको निर्देशनमा तयार भएको चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ। यसबाट निर्माताले राम्रै रकम पाएका छन्।
उनले हलसम्म चलचित्र रिलिजको लागि पर्खन नसक्ने भएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गर्न लागेको बताएका हुन्।
तर, डिजिटल रिलिजको निर्णयमा चलचित्रका मुख्य नायक अमिताभ बच्चन र आयुष्मान खुराना भने खुशी छैनन्। उनीहरु लकडाउन खुलेर अवस्था सामान्य हुने अवस्थासम्म पर्खिनुपर्ने सोचाइमा थिए।
यता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ पनि डिजिटल रिलिजको तयारीमा रहेको छ।
अहिले मानिसहरुमा घरमै बसेर चलचित्र हेर्ने बानीको विकास हुँदैछ। यसले, मेकरले पनि तत्काल आफ्नो लगानीको मुनाफा पाउने अवस्था सिर्जना भैरहेकोले डिजिटल रिलिजको तयारी थालेका हुन्।
यता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’को निर्माता पनि डिजिटल विक्रीका लागि आकर्षित छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया