बिएल संवाददाता
बन्दाबन्दीको क्रममा तनहुँको दमौलीमा निःशुल्करुपमा सञ्चालन गरिएको खाना खुवाउने कार्यक्रम स्थगित गर्न प्रस्ताव आएको छ ।
रोजगारमा लगाएर खाना खुवाउने व्यवस्था सञ्चालन गर्नुपर्ने आवाज उठेको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सधैँभरि खाना खुवाइरहनुभन्दा यसलाई स्थगित गरेर नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए ।
‘जिल्लाकै शुक्लागण्डकी नगरपालिका–८ ले प्रभावित मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था शुरु गरेको छ, अन्य ठाउँमा पनि यस्तै गरी सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने । खानाको व्यवस्थापन गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइलाई अगामी जेठ १ गतेदेखि खाना खुवाउने कार्यक्रम स्थगित गर्न आग्रह गरेको प्रमुख वाग्लेले जानकारी दिए ।
‘सधैँ खानामात्रै खुवाउनेभन्दा पनि स्थानीय तहको पहलमा उनीहरुलाई काममा खटाउन सकिन्छ’, उनले भने । सो एकाइले प्रभावित भएकाहरुलाई खाना खुवाउन व्यवस्थापन मात्रै गरेको सङ्घका अध्यक्ष एवम् एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिए ।
एकाइको व्यवस्थापनमा व्यास नगरपालिका–२ र व्यास नगरपालिका–४ मा बिहानको समयमा खाना खुवाइन्छ । उनका अनुसार बन्दाबन्दीपछि वडा नं २ र ४ मा गरेर करिब चार हजारजनाले खाना खाइसकेका छन् ।
प्रत्येक दिन बिहानको एक छाक खाना खुवाउने गरिएकामा खानाका लागि सहयोगी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्ने गरेका छन् । विपन्न तथा मजदुरलाई खाना खुवाउँदा हालसम्म रु दुई लाख ४० हजार खर्च भइसकेको छ भने रु एक लाख ५० हजार सङ्कलन भएको छ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया