बिएल संवाददाता
चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सारा विश्वलाई आफ्नो नियन्त्रणमा राखेको छ। यसको प्रभाव मानव जगत मात्रै होइन चराचर जगतमा प्रत्यक्ष असर परेको छ।
भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ।
यस्तो बेला मानिससँगै पशुपंक्षी पनि यसको चपेटामा रहे। बन्दको पहिलो साता अर्थात् चैतको मध्यतिर काठमाडौंका विभिन्न स्थानमा बाँदर, शहरका छाडा गाईवस्तु, कुकुर, परेवा लगायतका पशुपंक्षीहरु निकै दयनीय अवस्थामा थिए ।
लगत्तै विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा ती पशुपंक्षीलाई खाना दिन थालिएको छ। यीनै संस्थामध्ये स्नेहाज केयर पनि एक हो। उक्त संस्थाले दैनिक २ सय किलोग्रामभन्दा बढी खानेकुरा पकाएर पशुपंक्षीलाई खुवाउने गरेको छ।
यसै बीचमा भृकुटीमण्डपमा कुकुरलाई खाना खुवाउँदै गरेका कपिल काफ्ले भेटिए। स्नेहाज केयरमा कार्यरत काफ्लेसँगै आएका ३/४ जना युवासँग त्यहाँ वरिवरी बस्ने कुकुरको झ्याम्मिए। कपिलको टोलीले ५० भन्दा बढी कुकुरको समूहलाई मासुभात खुवाए।
सडकमै बस्ने कुकुरहरुले यति खुशी देखिन्थे कि, मानौं उनीहरू जति खुशी कोही पनि छैन यो संसारमा।
सबैलाई खाना दिएर उभिरहेका कपिलको छेउमै ठूलो कालो रंगको कुकुर आयो र गालामै चुम्ने प्रयास गर्यो। कपिलले पनि उसलाई मुसारे। खुशी भएर कुकुर आफ्नो हुलमै मिसिन गयो।
हामीले सोध्यौं, ‘घिन लाग्दैन ?’
‘अहँ, अत्यन्तै माया लाग्छ, जनावरसँग छुट्टै प्रेम हुन्छ,’ कपिलको जवाफ थियो।
त्यसपछि कपिलसँग हामीले उनले कसरी पशुपंक्षीसँग काम शुरू गरे? कोभिड १९ को जोखिम पशुपंक्षीसँग काम गर्दा बढी हुन्छ भनिएको छ, कसरी काम गरिरहनुभएको छ भनेर भिडियो कुराकानी गरेका छौं। हेर्नुहोस् भिडियोमा।


.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया