बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ ।
परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।
कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ लाख ६२ हजार ९५० मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु तीन लाख ९८ हजार १९०, नबिल बैंक रु दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको रु दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ९० हजार ४५० मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३/३ प्रतिशतले गुमाए । यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९/२.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए । रासस
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया