बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ ।
परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।
कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ लाख ६२ हजार ९५० मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु तीन लाख ९८ हजार १९०, नबिल बैंक रु दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको रु दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ९० हजार ४५० मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३/३ प्रतिशतले गुमाए । यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९/२.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए । रासस
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया