बिएल संवाददाता
फुटबल खेलाडी उत्तम गुरुङ विवाह बन्धनमा बाँधिएका छन्। उनले बेलायत बस्दै आएकी पोखराकी ज्योति गुरुङसँग विवाह गरेका हुन्।
पोखराको भद्रकाली मन्दिरमा वैशाख २५ गतेको विवाह भएको हो। कोराना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुलाहा/दुलही दुवैले मास्क प्रयोग गरेका थिए। उनीहरुको विवाहमा परिवारका १२/१५ जना मात्र सहभागी थिए।
‘यो समयमा भिडभाड गर्नु ठीक हुँदैन भन्नेमा हामी सचेत थियौं।अहिले पार्टी पनि गरेनौं। कोराना नियन्त्रण भएर अवस्था सामान्य भएपछि गरौंला ,‘उनले भने।
३२ वर्षे उत्तमले फागुनमा सम्पन्न ए डिभजिन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए। त्यसअघि उनले थ्री स्टार क्लब, मछिन्द्र क्लब, बौद्ध क्लब, आरसिटीर पोखराको सहारा क्लबबाट पनि खेलेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया