बिएल संवाददाता
विश्वभरीका मानिसहरू कोरोना भाइरस कोभिड १९ को चपेटामा छन्।
सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको उक्त भाइरसका कारण अहिले पुरै संसारका मानिसहरु घरभित्रै थुनिएका छन्।
संसारभरका अधिकांश देशले आफ्ना नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै मुलुक लकडाउन गरेका छन्।
यद्यपी अत्यावश्यक क्षेत्रमा काम गर्ने भने कार्यक्षेत्रमै खटेका छन्। नेपालमा पनि कोरोना भाइरसको प्रभाव बढ्दो छ।
यस्तो अवस्थामा अत्यावश्यक क्षेत्रमा कार्यरत कर्मचारी तथा व्यवस्थापक सबैभन्दा बढी जोखिममा छन्।
नेपालमा चिकित्सक, सुरक्षाकर्मी, पत्रकारलगायत सरकारले तोकेको अत्यावश्यक क्षेत्रका कर्मचारी व्यस्त छन्। नेपालमा आवश्यक सुरक्षा सामग्रीसमेतको अभावमा उनीहरू त्रसित भने बनिरहेका छन्।
अहिले विभिन्न अस्पतालले स्थानीय तह तथा संघसंस्थासँगको सहकार्यमा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन्। योसँगै सुरक्षाका दृष्टिले कम प्राथमितामा परेका एम्बुलेन्स चालक पनि डरैडरको बीचमा आफ्नो कर्तब्य निर्वाह गरिरहेका छन्।
पछिल्लो साता शिक्षण अस्पताल महाराजगञ्जको बाहिर सडकमा भेटिएका ४० जना भन्दा बढी एम्बुलेन्स चालकले आफूसँग गतिलो सुरक्षा सामग्री नभएको गुनासो गरे।
तर, उनीहरू आफैंले कहीँ कतैबाट व्यक्तिगत सुरक्षा सामग्री पीपीई भने खोजेर राखेका रहेछन्। रौतहट चन्द्रनिगाहपुरका एम्बुलेन्स चालक बलराम चौधरीले डर लागे पनि आफूले आफ्नो दायित्व सम्झेर निरन्तर काम गरिरहेको बताए।
यसैगरी वीरगञ्जको एक मस्जितका एम्बुलेन्स चालक भरत महतोले पनि आफूलाई आवश्यक पर्ने सुरक्षा सामग्री आफैंले खोजेको बताए।
नारायणी अस्पतालका एम्बुलेन्स चालक कुल प्रसाद चौधरीले महामारीको बेला सबैले सबैलाई सहयोग गर्न आग्रह गरे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया