अश्लिल भिडियो बनाउने गिरोहका ३ जना वीरगञ्जकाे फोटो स्टुडियोबाटै पक्राउ (भिडियो)

वीरगञ्जस्थित आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा प्रहरीले छापा मारेको छ। यौनधन्दा चलाइरहेको विशेष सूचनाका आधारमा छापा मारिएकाे स्राेतकाे दाबी छ। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट केहीलाई पक्राउ समेत गरेको छ। 

स्थानीयको सूचनाका आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सूर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलीले स्टुडियोका सञ्चालक बैजु प्रजापती र उनका दुई सहयाेगी वादल जैसवाल र मनिष मिश्रासहित अन्य दुई जना युवकलाई पक्राउ गरेको  हो।

पक्राउ परेहरुकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

अश्लिल सिनेमा बनाउने गरेकाे खुलासा

चित्रलेखा फोटो स्टुडियोमा बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौन धन्दा चलाउने गरेकाे खुलेकाे छ। वीरगञ्जमा यतिखेर लकडाउन सहित कर्फ्यू समेत छ। तर बैजु भने यही मौकामै बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौनधन्दा र सेक्स मुभी बनाउने धन्दामा लागेको स्पेसल टास्क फोर्सका एक अधिकारले बताए। 

प्रहरी छापा मार्न आउँदा बैजु उनका सहयोगी वादल र मनिषले दुई बालिकालाई स्टुडियोकै भित्तामा फल्स वटम प्रयोग गरि बनाइएको सानो खोपीमा लुकाएका थिए। प्रहरीले उनीहरुलाई त्यहाँबाट उद्धार गरि महिला सेलमा पठाएको छ भने तीन जना आरोपितलाई प्रहरी हिरासतमा राखिएको छ। बब्लु भन्ने बैजुका अर्का सहयोगी भने फरार भएका छन्। 

नियन्त्रणमा आएका दुई बालिकाहरु ११ र १३ बर्षका छन्। उनीहरुले आफूहरु रानीघाट बस्ने बताएका थिए। नियन्त्रणमा रहेका बालिकाहरु अन्यको घरमा गएर काम गर्ने परिवारका भएको उच्च स्राेतले बताएकाे छ।

प्रकाशित मिति: : 2020-05-19 07:33:55

प्रतिकृया दिनुहोस्