ढल्केबरमा बोका आतङ्कः एकै दिन सात जनालाई घाइते बनायो

धनुषाको ढल्केबरमा छाडा बोकाले अन्धाधुन्ध मान्छे हान्दा आइतबार ७ जना घाइते भएका छन् ।

मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छाडा छोडिएको बोकाले केही दिन यता जथाभावी मान्छेलाई हान्न थालेपछि स्थानीय आतकिंत बनेका छन्।

आइतबार जगंलबाट साईकलमा घाँस लिएर घर तर्फ आउँदै गरेका तत्कालिन एनेकपा माओवादीका ढल्केबर गाउँ कमिटी अध्यक्ष मेघ बहादु सेञ्चुरीलाई उक्त बोकाले गैरी टोलमा आक्रमण गर्दा सेञ्चुरीको देब्रे घुँडामा गम्तीर चोट लागेको छ । घुँडामा चोट लाग्दा देब्रे खुट्टा अश्वभाविक रूपले सुनिएको सेञ्चुरीले बताए ।

‘घाँस लिएर साईकलमा आउँदै थिएँ’ , सेञ्चुरीले भने , ‘बोका एक्कासी उफ्रदै आएर हान्यो, चुच्चो सिङले घुँडामा हानेकाले देब्रे खुट सुन्निएर हिँड्न सकेको छैन।

सेञ्चुरीलाई मात्रै होईन आइतबार उक्त बोकाले सेञ्चुरी लगायत ७ जनालाई हानेर घायल बनाएको वडाध्यक्ष रामो साह तेली ( रम्बा ) ले बताए।

छिप्पिएर गाउँ नै दुर्गन्ध हुने गरि गन्हाएको बोकाले कालो लुगा लगाएको मान्छे र कालो मोटर साईकल चढेकालाई लखेटी लखेटी हान्ने गरेको स्थानीयले बताए।

स्थानीयको भनाई अनुसार यस बोकाले अहिलेसम्म एक ट्रक खलासी र गाउँ घुम्न आएका , पाहुना र जगंलबाट घाँस दाउरा लिएर आएका गरि ५० भन्दा बढीलाई आक्रमण गरेर घाइते बनाईसकेको छ ।

बोकाको आतकंले महिला र बालबालिका गाउँ हिँडडुल गर्न डराईरहेका छन्। महिला र बालबालिकालाई घरमै ढुकेर बोकाले जथाभावि हान्ने र लखाट्ने गरेको स्थानीयले बताए ।

छाडा बोकाको कथा

मधेशका गाउँघरमा देवि देउता भाकेर बोका छाडा छोड्ने चलन पुरानै हो। यसरी छाडा छाडिएको बोकालाई बियाडे बोकाको रुपमा बाख्रा पाल्नेहरुले प्रयोग पनि गर्ने गर्छन्। तर बियाडे बोका बुढो हुँदै गएपछि जथाभावी मान्छेमाथि आक्रमण गर्ने र बाख्रा पाठीमाथि जबरजस्ती जाईलाग्ने प्रवृत्तिको विकास हुँदै जाँदा गाउँघर आतकिंत बन्ने गरेको छ ।

ढल्केबरको गैरी टोलमा जथाभावी मान्छे हानेर सिंगो गाउँ आतकिंत मच्याउन थालेको यस बोकालाई स्थानीय प्रभु साहले देवि देउता भाकेर केही वर्षअघि छाडा छाडिदिएका हुन्। सुरूका दिनमा यो बोका बाख्रा पाल्नेहरुका लागि उपयोगी साबित भए पनि अहिले जथाभावी मान्छे हान्ने र महिला बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर सिगों गाउँलाई हायलकायल बनाईरहेको छ ।

सिगों गाउँमा आतकं मच्याईरहेको यस बोकाको सही ब्यवस्थापनबारे गाउँलेहरुसँग आफूले छलफल गरिरहेको वडाध्यक्ष रम्बाले बताए ।

प्रकाशित मिति: : 2020-05-19 15:11:46

प्रतिकृया दिनुहोस्