बिएल संवाददाता
चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ।
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ। त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ।
तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ। तर चीनले नेपाल र भारतको विवाद भएको र दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ।
नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन्।’
साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया