बिमला गुप्ता
पर्सा जिल्लामा लामो समयसम्म बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु बुधबारदेखि नियमित रुपमा संचालन हुने भएका छन् । पर्सा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हटेपछि बैंकहरु संञ्चालनमा आउनल लागेका हुन्।
मंगलबार वीरगञ्जमा सम्पन्न बैंकर्स एशोसिएशनको बैठकले बैंकहरु बुधवारबाट सुचारु गर्ने निर्णय गरेको अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि बैंकहरु अवरुद्ध हुँदा वीरगञ्जको आर्थिक कारोवार नराम्रोसँग प्रभावित भएको थियो। लकडानको पालना गर्दै बुधवारदेखि सामाजिक दुरी कायम गरेर बैंक तथा वित्तिय संस्थाहरु संचालन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
यता जिल्ला प्रशासन कार्यालय पर्साको सर्वपक्षिय वैठकले मंगलबारदेखि निषेधाज्ञा हटाएपछि जिल्लावासीले राहत महशुस गरेका छन् ।
गत वैशाख ३० गते एकै साथ ३९ जनामा कोरोना संक्रमण देखिएपछि प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागी निषेधाज्ञा जारी गरेपछि जिल्लामा हरेका सेवा र सुविधाहरु ठप्प भएका थिए ।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया