बिमला गुप्ता
पर्सा जिल्लामा लामो समयसम्म बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु बुधबारदेखि नियमित रुपमा संचालन हुने भएका छन् । पर्सा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हटेपछि बैंकहरु संञ्चालनमा आउनल लागेका हुन्।
मंगलबार वीरगञ्जमा सम्पन्न बैंकर्स एशोसिएशनको बैठकले बैंकहरु बुधवारबाट सुचारु गर्ने निर्णय गरेको अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि बैंकहरु अवरुद्ध हुँदा वीरगञ्जको आर्थिक कारोवार नराम्रोसँग प्रभावित भएको थियो। लकडानको पालना गर्दै बुधवारदेखि सामाजिक दुरी कायम गरेर बैंक तथा वित्तिय संस्थाहरु संचालन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
यता जिल्ला प्रशासन कार्यालय पर्साको सर्वपक्षिय वैठकले मंगलबारदेखि निषेधाज्ञा हटाएपछि जिल्लावासीले राहत महशुस गरेका छन् ।
गत वैशाख ३० गते एकै साथ ३९ जनामा कोरोना संक्रमण देखिएपछि प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागी निषेधाज्ञा जारी गरेपछि जिल्लामा हरेका सेवा र सुविधाहरु ठप्प भएका थिए ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया