बिएल संवाददाता
बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ ।
कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन्।
उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट पारेका छन्।
इन्टले भने, 'हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।'
रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ ।
कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया