बिएल संवाददाता
कोरोना भाइरस ९कोभिड– १९० को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण समस्यामा परेका पारा तेक्वान्दो खेलाडीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार खाद्यान्न उपलब्ध गराएको छ । ५ राष्ट्रियसहित ७ पारा तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराइएको हो ।
एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए ।
खेलाडीका लागि नेपाली सेनाका कर्णेल सुमन खड्काका पिता नेत्रबहादुर र माता सानुमैया तथा तेक्वान्दो प्रशिक्षक एसएस जोशीले सहयोग गरेको खेड्काले बताए । खेलाडीको सुविधालाई ध्यानमा राख्दै एनटीएले खेलाडी बस्ने ठाउँमै पुगेर राहत उपलब्ध गराएको थियो । यो कार्यमा राम अधिकारी खटिएका थिए ।
.jpg)
त्यस्तै एनटीएले समस्यामा परेका आफ्नै खेलाडीका ९ परिवारलाई पनि बुधबारै राहत वितरण ग¥यो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा खेलाडीलाई राहत वितरण गरिएको हो ।
पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका परिवारलाई वितरण गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत एनटीएलाई केहि परिवारका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका थिए । त्यसैबाट खेलाडीलाई राहत प्रदान गरिएको खड्काले बताए ।
यसअघि एनटीएले समस्यामा परेका करिब २ सय ५० परिवारलाई राहत वितरण गरिसकेको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया