बिएल संवाददाता
नेपाल सरकारले मुलुकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन विगत चैत ११ गतेदेखि लकडाउन गरेको छ। अधिकांश मानिसहरू यतिबेला घरभित्रै बसिरहेका छन्। यही मौकामा आफ्नो गाउँको विषयमा लेखेर पुरस्कार जित्ने अवसरसमेत आएको छ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेर उत्कृष्ट तीनलाई पुरस्कृत गर्ने भएको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध लेखेर topfnepal77@gmail.com मा इमेल मार्फत पठाउनु पर्नेछ। साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनुपर्नेछ।
जेठ २० गतेसम्म प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गरिने मञ्चले जनाएको छ । उसले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ ।
मञ्चका संयोजक लिलाराम खड्काका अनुसार पर्यटकीय संभावना भएर पनि ओझेल परेका गाउँहरूको संभावना उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
‘लकडाउनपछि हामीले मुलुकको समृद्धिका लागि पहल गर्नुपर्छ । राम्रोसँग विकास गरेमा पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ’, संयोजक खड्काले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका ठाउँहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं ।’
पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था मञ्चले प्रतियोगिताबाट उजागर भएका गाउँहरूको पर्यटन विकासमा पनि हातेमालो गर्ने जनाएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया