आइतबार, १९ अक्टोबर २०२५

कोरोना भाइरस अघिअघि, सरकार पछिपछि

अनलाइनखबर

अनलाइनखबर

काठमाडौँ
News Image
• • •

राजकुमार श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘अहिले दुईजना मर्‍यो भनेको कोरोनाले छोएपछि मरेकोलाई कोरोनाले मरेको नै मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारणले मात्र कोरोनाले भनेको हो । वास्तवमा कोरोनाले बितेको होइन, अरु कम्प्लिेकेसनले हो ।’

त्यसै दिन प्रतिनिधिसभामा प्रधानमन्त्री स्वयंले नेपालमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयास विभिन्न कारणले असफल भएको बताएका थिए । दुईजना (सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिला र बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका पुरुष)को कोरोनाभन्दा अरु बिमारीको जटिलताले निधन भएको हुन सक्ने उनको दाबी थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!