बिएल संवाददाता
सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्याइने दृढता व्यक्त गरे।
सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिए। नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरिएको जनाइएको छ ।
सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । निशान छापको प्रयोजनका लागि मात्रै संविधान संशोधन गर्न लागिएको सरकारका प्रवक्ता डा खतिवडाले स्पष्ट गरे।
मन्त्रिपरिषद्ले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ प्रतिस्थापन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यो पुराना कानूनलाई जगाउने खालको विधेयक हुने छ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । इस्लाम धर्मगुरुहरुले उपयुक्त दिन छनोट गरेपछि सोका आधारमा बिदा दिने दिन टुङ्गो लगाइने जनाइएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया