बिएल संवाददाता
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष वीगरञ्ज महानगरपालिका १६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ।
बढी मूल्य पर्ने जग्गालाई कम मूल्य देखाएर राजस्व छली गरेको आरोपमा उनीविरुद्ध विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे हाे।
वडाध्यक्ष चौरसियाले जहराती मिया धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेर राजस्व छली गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान गर्दै जाँदा जग्गाको मूल्य कम देखाएर उनले १ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको खुलेकाे अभियोग पत्रमा उल्लेख छ।
धुनियाले ग्यान्तीदेवीलाई जमिन बिक्री गर्दा जग्गाको न्यूनतम मूल्याङ्कन तेत्तीस लाख हुनुपर्नेमा गलत घरबाटो देखाई पच्चीस लाख तीस हजार बराबरको थैली रकम कम राखेको आरोप पत्रमा उल्लेख छ।
यसरी थैली रकम कम राखेको कारणबाट जग्गा किनबेच गर्दा उक्त जग्गाबाट प्राप्त हुने रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर गरी कुल एक लाख सतहत्तर हजार तीनसय पचहत्तर रुपैयाँ वडाध्यक्ष चौरसियाले भ्रष्टाचार गरेको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
अख्तियारले जमिन बेच्ने धुनियामाथि ८२ हजार ५ सय र खरीद गर्ने व्यक्ति ग्यान्तीदेवीमाथि ९४ हजार ८ सय ७५ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित मुद्दा दायर गरेको उनले बताए।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया