देखापढी
गएको ५ जेठको दिन अन्नको जोहो गर्न घरबाट कोदालो र छाता लिएर निस्केका मलर सदा खेतमै ढले। बेलैमा उपचार पाएको भए सदा बाँच्ने थिए सायद।
तर, सदाको गरिबी कसैको नजरमा परेन। थाहा पाएकाले पनि थाहा नपाएजस्तो गरे। खानाको जुगाड गर्न निस्केका सप्तरीको कञ्चनरूप-५, पथरी रामपुरका सदाले ६ जेठको राति ज्यान गुमाए।
सदाको त ज्यान नै गयो। तर खाद्यान्नको अभावमा जीवनकै जोखिममा रहेका व्यक्ति थुप्रै छन्। खासगरी प्रदेश-२ मा यो जोखिम अत्यधिक छ। प्रदेश २ को नीति आयोगले सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको आधारपत्रको तथ्यांक अनुसार बहुआयामिक गरिबी दर त्यहाँ ४७.९ प्रतिशत छ।
अर्थात् प्रदेश २ का हरेक सय जनामध्ये ४८ जना बहुआयामिक गरीब छन्। शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास आदिको पहुँच नभएकालाई बहुआयामिक गरिब मानिन्छ। नेपालको बहुआयामिक गरीबी भने २८.६ प्रतिशत छ। प्रदेश २ बहुआयामिक गरिबी सबैभन्दा बढी हुने प्रदेश हो।
यस्तो गरिबीबाट पीडित समुदायमध्ये पर्छ मुसहर समुदाय। जमिनमा स्वामित्व नभएका मुसहर समुदायका सबैजसो परिवार मजदुरी गरेरै जीवन गुजारा गर्छन्।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया