अन्नपूर्ण पोष्ट
सन् २०१९ उत्तरार्धमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग गाभेर भारतले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्यो, जसको नेपालभित्र तीव्र विरोध भयो। वार्ताबाट समाधान खोज्नुको साटो भारतले पेल्ने नीति अख्तियार गर्यो। नेपालको सार्वभौमसत्ताको सम्मान गर्नु कता हो कता भारत अपमानको बाटोमा अग्रसर भयो। गत छ महिनामा त्यो भारतको पहिलो भुल थियो। कोभिड-१९ ले समस्त विश्व आक्रान्त भएको बेला नेपाली भूभाग लिपुलेकमा खनेको बाटोको उद्धाटनको घोषणा भारतको दोस्रो भुल थियो जसका कारण नेपालभित्र भारतविरुद्ध आक्रोश चुलियो।
संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतको नागरिक सरकारले सेनाध्यक्षलाई अघि सारेर नेपालको विरोध अरू कसैको इशारामा भएको भन्दै चीनतर्फ इंगित गर्नु तेस्रो भुल थियो। भारतीय सैन्य नेतृत्वको अनुचित टिप्पणी धम्कीका रूपमा बुझियो जसले नेपालभित्रको आक्रोश झन भड्कियो। कुनै विषयमा विवाद भएपछि संवाद अनिवार्य हुन्छ तर यो विवादमा भारत संवादको पक्षमा देखिएन किनकि भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय भूभाग भएको कुनै प्रमाण छैन।
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया