बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन्। उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन।’
कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ। मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेश थियो कुन व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द रहने भनेर। अहिले गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन्। यसमा चर्चमा भेला हुने सीमा पनि समावेश छ।
चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन्। जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन्। उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन्। तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन। यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुनेछ, किनभने राष्ट्रपतिको चुनाव नजिकिँदै छ।
अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ। मृतक ९५ हजार पुगेलगत्तै ट्रम्पले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया