बिएल संवाददाता
तालिवानका उपनेता सिराजुद्दीन हक्कानी र तीन कमाण्डरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। एक उच्च अधिकारीका अनुसार हक्कानीलाई पाकिस्तानको रावलपिन्डीमा रहेको अस्पतालमा भर्ना गरिएको छ।
अधिकारीहरुका अनुसार तालिवान नेटवर्कको प्रमुख रहेका हक्कानीसँगै उनका दुई नेता मुल्ला आमिर खान मुत्ताकी र फजल मजलुमलाई पनि अस्पताल भर्ना गरिएको छ।
यी दुबै नेताहरू तालिवान र अमेरिकी विशेष प्रतिनिधिबीच चलिरहेको बार्ता टोलिका सदस्य हुन्।
यता मुल्ला नुरुद्दीन टुराबीले दुई तालिवान नेता क्वेटा र एक कराँचीको अस्पतालमा भर्ना गरिएकाे बताए।
यद्यपी तालिवान नेताहरूले उनीहरु कोरोना भाइरस संक्रमित हुन भनेर अस्वीकार गरिसकेका छन्। तालिवानीका प्रवक्ता जबीहुल्लाहका अनुसार अफगानिस्तानको इस्लामिक अमीरातका नेताहरू पूर्ण स्वस्थ रहेका छन्।
ट्वीटमा उनले भने, ‘धेरै ठाउँमा झूटा रिपोर्टहरू आइरहेका छन् कि तालिवानी नेता सिराजुद्दीन हक्कानी र अन्य नेताहरूमा कोरोना भाइरस पोजिटिभ रहेको पाइएको छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया