बिएल संवाददाता
तालिवानका उपनेता सिराजुद्दीन हक्कानी र तीन कमाण्डरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। एक उच्च अधिकारीका अनुसार हक्कानीलाई पाकिस्तानको रावलपिन्डीमा रहेको अस्पतालमा भर्ना गरिएको छ।
अधिकारीहरुका अनुसार तालिवान नेटवर्कको प्रमुख रहेका हक्कानीसँगै उनका दुई नेता मुल्ला आमिर खान मुत्ताकी र फजल मजलुमलाई पनि अस्पताल भर्ना गरिएको छ।
यी दुबै नेताहरू तालिवान र अमेरिकी विशेष प्रतिनिधिबीच चलिरहेको बार्ता टोलिका सदस्य हुन्।
यता मुल्ला नुरुद्दीन टुराबीले दुई तालिवान नेता क्वेटा र एक कराँचीको अस्पतालमा भर्ना गरिएकाे बताए।
यद्यपी तालिवान नेताहरूले उनीहरु कोरोना भाइरस संक्रमित हुन भनेर अस्वीकार गरिसकेका छन्। तालिवानीका प्रवक्ता जबीहुल्लाहका अनुसार अफगानिस्तानको इस्लामिक अमीरातका नेताहरू पूर्ण स्वस्थ रहेका छन्।
ट्वीटमा उनले भने, ‘धेरै ठाउँमा झूटा रिपोर्टहरू आइरहेका छन् कि तालिवानी नेता सिराजुद्दीन हक्कानी र अन्य नेताहरूमा कोरोना भाइरस पोजिटिभ रहेको पाइएको छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया