नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक संजाल तातेको छ।
एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।
‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।
तर अर्का नेपाली गायक उदितनारायण झाले भने भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन्। ‘जयतु जयतु भारतम्’ बोलको यो गीतमा उदितसहित दुई सय ११ गायक–गायिकाले स्वर दिएका छन्।
आशा भोस्ले, सोनु निगम, शंकर महादेवनलगायत अधिकांश चर्चित गायक–गायिकाले स्वर दिएको यो गीत ६ मिनेट लामो छ। उदितलाई करिब ३ सेकेन्ड सुन्न सकिन्छ। यसमा शंकर महादेवनको संगीत छ।
उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन्। गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया