नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक संजाल तातेको छ।
एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।
‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।
तर अर्का नेपाली गायक उदितनारायण झाले भने भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन्। ‘जयतु जयतु भारतम्’ बोलको यो गीतमा उदितसहित दुई सय ११ गायक–गायिकाले स्वर दिएका छन्।
आशा भोस्ले, सोनु निगम, शंकर महादेवनलगायत अधिकांश चर्चित गायक–गायिकाले स्वर दिएको यो गीत ६ मिनेट लामो छ। उदितलाई करिब ३ सेकेन्ड सुन्न सकिन्छ। यसमा शंकर महादेवनको संगीत छ।
उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन्। गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया