बिएल संवाददाता
कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीमा कोरोना भाइरस भए/नभएको यकिन गरेर मात्रै प्रदेशमा प्रवेश गराउने व्यवस्था गर्न केन्द्र सरकारसँग माग गरेको छ।
कर्णाली प्रदेशमा शनिबार मात्रै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या चार पुगेको छ। संक्रमित थप बढ्ने संकेत देखिएपछि प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले उक्त माग गरेको हो।
बैठकले भारतमा मजदुरी गरिरेका कर्णालीवासीहरु हरेक दिन सयौंको संख्यामा भित्रिन थालेपछि नाकामै परीक्षण गर्ने व्यवस्था मिलाइदिन केन्द्र सरकारलाई आग्रह गरेको छ।
यस्तै भारतबाट आएका नागरिकहरु मनोसामाजिक परामर्श दिने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि पीसीआर जाँच गर्ने निर्णय गर्ने पनि गरेको छ।
प्रदेशमा प्रवेश गर्ने भारतबाट आएकाहरु र नेपालकै जोखिमयुक्त क्षेत्रबाट आएकाहरुको विवरण अध्यावधिक गर्ने, क्वारेन्टाइनहरुको सुधार गर्ने र पालिकामा एकीकृत क्वारेन्टाइन निर्माण गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै, बैठकले कोरोना संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राख्ने र रिफरल केसमात्र विशिष्टिकृत अस्पतालमा पठाउने निर्णय गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया