बलिउड चलचित्र निर्देशक करण जाेहरको घरमा पनि कोरोना भाइरस पुगेको छ। जाेहरले यो कुरा ट्विटरमार्फत जानकारी दिएका हुन्।
उनका अनुसार घरमा काम गर्ने दुई कामदारमा कोरोना भाइरसको संक्रमण फेला परेको हो। दुबैलाई अस्पतालमा भर्ना गरिएको छ।
‘मेरो घरमा काम गरिरहेका दुई व्यक्तिको रिपोर्ट पोजिटिभ आएको छ। दुबैलाई अस्पतालमा भर्ना गरिएको छ,' करणले ट्वीट गरेका छन्,‘काेराेना भाइरसकाे लक्षणहरू देखाएपछि उनीहरूलाई छुट्टै भवनमा क्वारेन्टाइनमा राखिएको थियो।’
जाेहरले उनीहरुले काेराेना भाइरसलाई जित्नेमा आफू शतप्रतिशत ढुक्क रहेकाे पनि बताएका छन्।
‘हामी यो कुरा निश्चित छौं कि उनीहरुलाई अझ राम्रो उपचार र सुरक्षा दिइनेछ र छिट्टै निको हुनेछ,’उनले लेखेका छन्।’
उनका अनुसार उनी सहितका परिवार सदस्य १४ दिनसम्म सेल्फ आइसोलेशनमा बस्ने छन्।
जोहरले लेखेका छन्, ‘हाम्रो सम्पूर्ण परिवार र कर्मचारी पूर्ण रूपमा सुरक्षित छन् र कुनै लक्षण देखा परेको छैन। हामीले बिहान पनि परीक्षण गरिसकेका थियौं। तर रिपोर्ट नेगेटिभ आएको छ।’
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया