बिएल संवाददाता
बिचौलिया इनम सापकोटा भेट्न लाइन लागेर हिमालय होटलमा जाने न्यायाधीशहरूबारे छलफल गर्न प्रतिनिधिसभाको कानुन समितिको आह्वान भएको छ।
कानुन न्याय तथा मानव अधिकार समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको हो।
समितिका सदस्य रहेका रास्वपा सांसद मधुकुमार चौलागाईंका अनुसार बैठकमा सर्वोच्च अदालतका विवादित न्यायाधीशबारे छलफल हुनेछ। उद्यपि उनले तत्कालै विवादित न्यायाधीशहरूमाथि महाअभियोग लैजाने पक्षमा आफूहरू नरहेको बताएका छन्।
‘हामीले तत्काल कानुन समितिको मिटिङ कल गरेका छौं। कानुन समितिमार्फत अहिले अनुसन्धानको घेरामा जे–जे चिजहरू आएको छ ती चीजहरूलाई हेर्ने। त्यसको अध्ययनपछि मात्रै यसलाई अगाडि बढाएर लिएर जाने हो। अहिले नै आजको आज नै महाअभियोग सिफारिस समिति गठन गर्ने र लाने भन्ने पक्षमा हामी छैनौं।’
विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको सम्बन्ध र च्याटहरू बाहिरिएपछि सर्वोच्चका न्यायाधीशहरूको बिचौलियाहरूसँगक साँठगाँठ छताछुल्ल भएको थियो।
सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको सार्वजनिक भएको थियो।
सार्वजनिक भएका विषयउपर विस्तृत अध्ययन आवश्यक रहेको बताउँदै सांसद चौलागाईंले भने, ‘कसैले घुस लेनदेन गर्ने कुरा ट्याक्स कट्टा गर्न गर्छ होला र! त्यहाँ त ट्याक्सको कुरा पनि छ। सबभन्दा गम्भीर विषय के छ भने यो अनुसन्धानको घेरामा भएको विषय बाहिर कसरी आयो?’
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया