बिएल संवाददाता
फ्रेन्च लिग वान फुटबल क्लब लियोनका अध्यक्षले कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
लियोनका अध्यक्ष जोन–मिशेल उलासले प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेर निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन्।
महामारीका कारण रोकिएका खेलहरु पुनः गर्ने सक्ने अवस्था नरहेको फ्रान्स सरकारले बताएपछि लिग वान र लिग टू का बाँकी खेलहरु पूरा नगरी अप्रिल २८ मा सिजन टुंगिएको घोषणा भएको थियो।
लिगका खेलहरु पूरा नहुँदा फ्रान्सेली फुटबलले ठूलो आर्थिक तथा सामाजिक संकटको सामना गर्नु पर्ने पत्रमा उल्लेख छ।
सिजन अन्त्यको घोषणा हुँदा लियोन सातौँ स्थानमा थियो, सोही कारण उ युरोपियन क्वालिफिकेशनमा पर्न सकेन।
युरोपका शीर्ष पाँच लिग मध्ये लिग वान मात्रै त्यस्तो लिग हो, जसले यो सिजनका खेल पूरा नगरी अन्त्यको घोषणा गरेको छ।
जर्मनीमा बुण्डेस लिगा सुरु भइसकेको छ। इटालियन सिरी ए, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग सुरु हुने तयारीमा छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया