बिएल संवाददाता
फ्रेन्च लिग वान फुटबल क्लब लियोनका अध्यक्षले कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
लियोनका अध्यक्ष जोन–मिशेल उलासले प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेर निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन्।
महामारीका कारण रोकिएका खेलहरु पुनः गर्ने सक्ने अवस्था नरहेको फ्रान्स सरकारले बताएपछि लिग वान र लिग टू का बाँकी खेलहरु पूरा नगरी अप्रिल २८ मा सिजन टुंगिएको घोषणा भएको थियो।
लिगका खेलहरु पूरा नहुँदा फ्रान्सेली फुटबलले ठूलो आर्थिक तथा सामाजिक संकटको सामना गर्नु पर्ने पत्रमा उल्लेख छ।
सिजन अन्त्यको घोषणा हुँदा लियोन सातौँ स्थानमा थियो, सोही कारण उ युरोपियन क्वालिफिकेशनमा पर्न सकेन।
युरोपका शीर्ष पाँच लिग मध्ये लिग वान मात्रै त्यस्तो लिग हो, जसले यो सिजनका खेल पूरा नगरी अन्त्यको घोषणा गरेको छ।
जर्मनीमा बुण्डेस लिगा सुरु भइसकेको छ। इटालियन सिरी ए, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग सुरु हुने तयारीमा छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया