 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्याको निश्पक्ष छानबिन गर्न समिति बनाएको जानकारी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त घटनाको निश्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याइने थापाले बताएका हुन्। ‘यस घटनाको छानबिन गरी रायसहितको प्रतिवेदन गर्नका लागि मन्त्रालयका सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। यथाशिघ्र सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन समितिले ल्याउने नै छ,’ उनले भने, ‘यो दुःखद घटनाले स्तब्ध तुल्याएको छ। दोषिलाई कारवाहीको गठघरामा ल्याउने प्रतिबद्धता गर्दछु।’
उनले अहिलेसम्म तीन जनाको शव फेला परेको र बेपत्ता तीन जनाको खोजी गर्न गोताखोर परिचालन गरिएको बताए। यस्तै घटनाका बारेमा अनुसन्धान गर्न युवती, युवतीका बुआ–आमा वडाध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री थापाले बताए।
घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उनले पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको तर त्यो समितिको कुनै औचित्य नहुने बताए । जिल्लामा बनाइएको समितिलाई घटना ढाकछोप गर्न बनाइएको हुनसक्ने आशंका गर्दै उनले केन्द्रबाट समिति बनाइएको जानकारी दिए ।
गत शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवाका साथ रुकुमको चौरजहारी जाँदा केटीका आफन्तसहित गाउँलेले लखेट्ने क्रममा नवराजसहित तीनजनाको भेरी नदीमा हामफाल्दा मृत्यु भएको बताइएको छ । नदीमा हामफालेका अरु तीन जना अझै बेपत्ता छन् ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया