आइतबार, ०९ नोभेम्बर २०२५

महाकाली सिंचाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखेको छ। 

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराकाे जानकारी दिएका हुन्। 

यसका लागि  १० अर्ब विनियोजन गरिएको उनले बताए। 

यसअघि २३ वटा राष्ट्रिय गौरवका आयोजना थिए। अर्थमन्त्रीले राष्टि्रय गौरवको आयोजनामा महाकाली सिंचाई आयोजना पनि थपिएसँगै यो संख्या २४ पुगेको छ।

यस्तै सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट छुट्याइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!