बिएल संवाददाता
सरकारले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ करोड ६४ लाखको बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बजेटको आकार घटाएका हुन्।
चालु आर्थिक वर्षका लागि रु. १५ खर्ब ३३ अर्बको बजेट प्रस्तुत गरिएको थियो।
आगामी आर्थिक वर्षको बजेट मध्ये चालु खर्चका लागि रु. ९ खर्ब ४८ अर्ब ९४ करोड छुट्याइएको छ। यो कुल बजेटको ६४.४ प्रतिशत हो । त्यस्तै, विकास लक्षित पुँजीगत शीर्षकमा रु. ३ खर्ब ५२ अर्ब ९१ करोड छुुट्याइएको छ। यो कुल बजेटको २३.९ प्रतिशत हो।
त्यस्तै, वित्तीय व्यवस्थाका लागि रु. १ खर्ब ७२ अर्ब छुट्याइएको छ। सरकारले आगामी आर्थिक वर्षमा रु. ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको छ।
यो चालु आर्थिक वर्षको लक्ष्यका तुलनामा कम हो। आगामी आर्थिक वर्षमा रु. ६० अर्ब ५२ करोड वैदेशिक अनुदान आउने अनुमान गरिएको छ। त्यस्तै, रु. २ खर्ब ९९ अर्ब वैदेशिक ऋण लिने र रु. २ खर्ब २५ अर्ब आन्तरिक ऋण लिने उल्लेख गरिएको छ।
LIVE
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया