बिएल संवाददाता
सरकारले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ करोड ६४ लाखको बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बजेटको आकार घटाएका हुन्।
चालु आर्थिक वर्षका लागि रु. १५ खर्ब ३३ अर्बको बजेट प्रस्तुत गरिएको थियो।
आगामी आर्थिक वर्षको बजेट मध्ये चालु खर्चका लागि रु. ९ खर्ब ४८ अर्ब ९४ करोड छुट्याइएको छ। यो कुल बजेटको ६४.४ प्रतिशत हो । त्यस्तै, विकास लक्षित पुँजीगत शीर्षकमा रु. ३ खर्ब ५२ अर्ब ९१ करोड छुुट्याइएको छ। यो कुल बजेटको २३.९ प्रतिशत हो।
त्यस्तै, वित्तीय व्यवस्थाका लागि रु. १ खर्ब ७२ अर्ब छुट्याइएको छ। सरकारले आगामी आर्थिक वर्षमा रु. ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको छ।
यो चालु आर्थिक वर्षको लक्ष्यका तुलनामा कम हो। आगामी आर्थिक वर्षमा रु. ६० अर्ब ५२ करोड वैदेशिक अनुदान आउने अनुमान गरिएको छ। त्यस्तै, रु. २ खर्ब ९९ अर्ब वैदेशिक ऋण लिने र रु. २ खर्ब २५ अर्ब आन्तरिक ऋण लिने उल्लेख गरिएको छ।
LIVE
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया