बिएल संवाददाता
इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो २० जुनदेखि सुरु हुने भएका छन्।
इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पादाफोराले जुन २० देखि लिग पुनः सुरु गर्ने अनुमति दिएको पुष्टि गरेका हुन्। कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि सिरी ए का खेलहरु रोकिएका छन्।
सिरी ए फुटबलका खेलहरु गएको मार्च ९ देखि बन्द भएका छन्।
खेलाडीहरु मे को सुरुमा व्यक्तिगत प्रशिक्षणमा आएका थिए। यो हप्ताको सुरुमा उनीहरुले समूहमा प्रशिक्षण थालेका छन्। १२ चरणका खेलहरु बाँकी हुँदा युभेन्ट्स लिगको शीर्ष स्थानमा छ।
मे २० मा इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) ले अगस्ट २० सम्ममा यो सिजन सक्ने गरी समयसीमा तोकेको थियो। इटालीका शीर्ष तीन लिगका यो सिजनका खेलहरु पूरा गर्ने एफआइजिसीले बताएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया