बिएल संवाददाता
इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो २० जुनदेखि सुरु हुने भएका छन्।
इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पादाफोराले जुन २० देखि लिग पुनः सुरु गर्ने अनुमति दिएको पुष्टि गरेका हुन्। कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि सिरी ए का खेलहरु रोकिएका छन्।
सिरी ए फुटबलका खेलहरु गएको मार्च ९ देखि बन्द भएका छन्।
खेलाडीहरु मे को सुरुमा व्यक्तिगत प्रशिक्षणमा आएका थिए। यो हप्ताको सुरुमा उनीहरुले समूहमा प्रशिक्षण थालेका छन्। १२ चरणका खेलहरु बाँकी हुँदा युभेन्ट्स लिगको शीर्ष स्थानमा छ।
मे २० मा इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) ले अगस्ट २० सम्ममा यो सिजन सक्ने गरी समयसीमा तोकेको थियो। इटालीका शीर्ष तीन लिगका यो सिजनका खेलहरु पूरा गर्ने एफआइजिसीले बताएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया