
देखापढी
व्रत (उपवास) नेपाली समुदायमा नौलो होइन। विभिन्न देवी देवताको उपासना गरेर हप्ताको निश्चित बार व्रत बस्ने चलन छ नेपाली समुदायमा।
पछिल्लो समय भने उपवासको क्रम चले पनि उद्देश्य फरक छ। धार्मिक आस्थाका कारण भन्दा पनि मानिसहरू स्वास्थ्यका लागि व्रत बस्न थालेका छन्। मोटोपन घटाउन होस् वा अन्य स्वास्थ्य समस्यासँग जुध्न, यस्तो उपवास उपयोगी बन्ने गरेको छ। त्यसैले त नेपालमा अहिले ‘इन्टरमिटेन्ट फास्टिङ’ लोकप्रिय हुँदैछ। खासगरी तौल घटाउने उपायको रूपमा यसको लोकप्रियता बढिरहेछ।
यसको अभ्यास गर्नेमध्ये एक हुन्, लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठ। उनले नियमित रूपमा १६ घण्टाको ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्छन्। ४५ वर्षीय श्रेष्ठले फास्टिङ गर्न थालेको ६ महीना जति भयो। यो ६ महीनाको अवधिमा उनले आफ्नो ८ केजी तौल घटाएका छन्। त्यस्तै ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्न थालेपछि उनले आफ्नो आत्मबल बढेको महशुस गरेका छन्।
“पहिले मलाई एकाग्र नहुने समस्या भइरहेको थियो,” निरञ्जन भन्छन्, “अहिले मेरो एकाग्रता बढेको छ। कुनै पनि कुरामा ध्यान दिन सक्ने भएको छु।”
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया