थाहा खबर
अतिन आचार्य
धनकुटा जिल्ला अस्पतालमा कार्यरत उनीहरुलाई कोरोना संक्रमण नदेखिएको भए यतिखेर बिरामीको सेवा र दौडधुपमा हुन्थे। जिल्ला अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अहिले अवस्था अर्कै छ। अस्पताल पूरै सिल गरियो, खाली गरेर सेनिटाइज भइसक्यो। संक्रमित स्वास्थ्यकर्मीहरु हाल उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा छन्।
अस्पतालका दुई स्टाफ नर्स, दुईजना अहेव, दुई सुरक्षाकर्मी र अस्पतालकै कर्मचारीका श्रीमानसहित सातजनालाई कोरोना संक्रमण देखिएको थियो। जेठ ४ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा सुरुमा एकजना नर्समा कोरोना संक्रमण देखिएको थियो।
जिल्ला अस्पतालमा कार्यरत ती नर्समा कोरोना देखिएकै भोलिपल्ट अर्थात ५ गते गरिएको स्वाब परीक्षणमा अस्पतालका दुई कर्मचारी, सुरक्षाकर्मी तथा अन्य एक जना गरी ७ जनामा कोरोना पोजेटिभ देखियो। अस्पतालकी नर्समा कोरोना पोजिटिभ देखिएपछि सबैले एकपटक परीक्षण गर्ने सल्लाह भयो। त्यही सल्लाहअनुसार कोरोना परीक्षण गरिएको कोशी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित गणेश बुढाथोकी बताउँछन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया