कोरोना भाइरसको महामारी र लकडाउनका बीच अघिल्लो हप्ता भारतमा एउटा दृश्य भाइरस भयो। अहमदाबादबाट आएको श्रमिक रेलमा बच्चासहित सवार महिलाको मुजफ्फरपुरमा निधन भयो।
उक्त भिडियो सामाजिक संजालमा हालिएको थियो। भिडियोमा रेल्वे स्टेशनमा एक महिलाको शव कपडा र तन्नाले ढाकिएर राखिएको छ। उनका दुई वर्षीय छोरो आमाको शवलाई उठाउन खोज्दै छन्। कहिले तन्ना तान्न जान्छन् भने कहिले हातले धकेलेर आफ्नी आमालाई ब्युझाउन पटक पटक प्रयास गर्दैछन्। तर ती अवोध बालकलाई थाहा छैन कि उनकी आमा अब उठ्दिनन्।
अहिले बालकको हेरचाह हजुरबुवाले गरिरहेका छन्। ती बालकको परिवारलाई सहयोग गर्न भारतमा विभिन्न अभियान चलाउँदै आइएको छ। उक्त अभियानबाट जुटेको रकम उनका परिवारलाई सहयोग स्वरुप प्रदान गर्दै आइएको छ।
यस्तै मध्यका एक हुन बलिउड अभिनेता शाहरुख खान। शाहरुखले लकडाउनमा विभिन्न सहयोग गर्दै आएका छन्। अहिले उनको स्वामित्वमा रहेको मीर फाउन्डेशनले पनि ती बालकलाई सहयोग गर्न हात अगाडि सारेको छ। फाउन्डेशनले बालकका लागि मद्दत गरिरहेको जानकारी ट्वीटरमार्फत दिएको छ।
शाहरुखले मीर फाउन्डेशनको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘हामी सबै प्रार्थना गरौं कि आमा गुमाएको बालकले जीवन जिउने शक्ति प्राप्त गरोस्। म बुझ्न सक्छु कि माता–पिता गुमाउँदाको भावना कस्तो हुन्छ। हामी तिम्रो साथमा छौं बाबु।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया