बिएल संवाददाता
बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५४ वर्षीय नारायण साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँस्थित जगदम्बा स्टिलको नयाँ सियाराम प्लान्टमा कामगर्ने साहउक्त भवनको मुलगेटमामृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ बाट माहाकुलुङ गाउँपालिका-५स्थित बाटो खनिरहेको दक्षिणकाली ईन्जिनियरीङ कन्ट्रक्सन प्रालिमा कामगर्ने स्काईभेटर चालक सिन्धुली फिक्कल गाउँपालिका-६ बस्ने २१ वर्षीय दिनेशकुमार राई मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सोही गाउँपालिका-४ स्थित प्रेम कुमार राईको घरमा बेलुका खानाखाईसुतेका उनी सुतेकै ठाँउमा मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमास्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया