बिएल संवाददाता
सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गको अगुवा नागरिक अधिकारकर्मीले आलोचना गरेका छन्। उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हिंसालाई ‘प्रोसाहित्त’ गर्ने खालको पोस्ट नहटाएको भन्दै विरोध गरेका हुन्।
अमेरिकाको मिनियापोलिसमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला जर्ज फ्लोइडको मृत्यु भएपछि भड्केको हिंसालाई लिएर राष्ट्रपति ट्रम्पले ‘ह्वेन लुटिङ्ग स्टार्ट्स, द सुटिङ्ग स्टार्ट्स’ अर्थात् जब लुट सुरु हुन्छ, तब सुट (गोली) पनि सुरु हुन्छ भनेर पोस्ट गरेका थिए। यो ट्विटलाई फेसबुकले नहटाएको भनेर जकरबर्गको आलोचना भएको हो।
फ्लोइडको निधन भएपछि रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ। एक सातादेखि जारी प्रदर्शन केही स्थानमा हिंसात्मक पनि बनेको छ र केही ठाउँमा लुटपाट तथा तोडफोड भएका छन्।
ट्रम्पले आन्दोलन दबाउन हरसम्भव प्रयास गर्ने सार्वजनिक रुपमै घोषणा गरेर सेना परिचालनको चेतावनी पनि दिएका छन्। उनको यो निर्णयको ठूलो आलोचना भैरहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया