अमेरिकामा बसेर विश्वभरिका नेपालीलाई ‘काउन्सिलिङ’ गर्दे डाक्टर कल्याण (भिडियाे)

डाक्टर कल्याण सुवेदी, पछिल्लो समय समाजिक सञ्जालमा निकै चर्चामा छन्। मनोचिकित्सक  डाक्टर कल्याणलाई विश्वभरका नेपालीले समाजिक संजालमा पछ्याईरेहका छन्। मनोचिकित्सक डाक्टर सुवेदीले सामाजिक सञ्जालबाट स्वास्थ्य सम्वन्धी सन्देशसँगै टिकटकमासमेत रमाईला भिडियो बनाएर लकडाउनमा मनोरन्जनसमेत दिन भ्याइरहेका छन्।

संसारभरका मानिसले सामाजिक सञ्जालमार्फत राखेका समस्यामाथि डाक्टर सुवेदी आफूले सक्नेजति परामर्शकै माध्यमबाट समाधान गर्ने कोशिश गर्छन्।

केही वर्ष पहिलेसम्म उनले फोनबाटै स्वास्थ्य सम्वन्धी समस्याको समाधान गर्ने कोशिश गर्थे। अब भने सयौं मानिसको समस्यालाई एकएक गरी समाधान गर्न सम्भव नभएपछि उनले युट्युवको माध्यमबाट विभिन्न समाधानका उपायहरू बताउने गरेका छन् ।

अमेरीकाको केन्टकी राज्यमा बस्दै आएका डाक्टर सुवेदी  लेजिङ्गटन केन्टकी सामुदायिक क्लिनिकमा काम गर्छन्। सुरूमा साईकोलोजिस्ट र थेरापिस्टकोमा गएका बिरामि त्यहाँबाट निको नभएपछि रिफर भएरु आफ्नोमा आउने गरेको उनले बिएल नेपाली सेवाको संवादमा बताए।

डाक्टर सुवेदीसँग जचाउन तीन महिना अगाडिनै फोन सम्पर्क गरेर नाम लेखाउनुपर्छ। मनोचिकित्सक भएकोले बिरामीलाई बढी समय दिनुपर्ने उनले बताए। आफ्नो व्यस्त दैनिकिका बावजुद पनि उनी विदेशमा रहेका नेपालीको स्वास्थ्य समस्या सुनेर भिडियोमार्फत आफ्नो सन्देश छोडिरहेका हुन्छन्।

युएई, कतार, मलेसिया, दक्षिण कोरिया, युरोपलगायतका देशमा रहेका नेपाली कामदारले विशेष गरि आफूमा आएको नैराश्यता तथा विभिन्न मानसिक समस्या र अन्य स्वास्थ्य सम्वन्धि समस्या राख्छन्।

‘विदेश बस्ने धेरैजसो नेपाली युवाहरू परिवार छाडेर आउने हुनाले परिवारसँगको समस्याका कारण पनि मानसिक विचलनमा पर्ने गरेका हुन्छन्, डाक्टर सुवेदीले भने, ‘नेपालदेखिनै मानसिक समस्याको औषधि सेवन गरेका कतिपय विदेश जाँदा औषधि नलिई जाने र त्यहाँ पुगेपछि भोग्नुपर्ने समस्याका कारण मानसिक समस्या पुनः बल्झिएपछि आफूलाई सम्पर्क गर्ने गरेका छन्।’

डाक्टर सुवेदीले ती समस्यालाई एकमुष्ट रूपमा भिडियो बनाएर समाधानका उपाय बताउने गर्छन्। विदेशमा रहेका धेरैजसो नेपालीमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिने गरेको उनले बताए।

‘यतिबेला कोरोना संक्रमणको महामारीको मानसिक असर सबैभन्दा बढी विदेशिएका मानिसमा पर्ने गरेका देखिन्छ’, उनले भने।

परिवारका जेठा छोरा कल्याणका दुई भाइ र आमा बुबा छन्।  उनको माईलो भाइ बुहारी कोरियामा छन्। कान्छा भाइ वुहारी अमेरिकामै बस्छन्। घरमा वुवा  आमा मात्र भएकोले उनी प्रत्येक वर्ष नेपाल जान्छन् र डेढ दुई महिना बसेर आउँछन्।

तनहुँको खैरेनीटारस्थित अरनिको माध्यमिक विद्यालयबाट एसएलसी दिएका उनले काठमाडौंको नोवल एकडेमीबाट उच्च शिक्षा लिए।

अमेरिका आएपछि सुरूका वर्षमा निकै दुःख खेपे पनि उनले सन् २०१४ मा साईकाटिक्स मेन्टल हेल्थ नर्स प्राक्टिसनरमा मास्टर डिग्री गरे र सन् २०१७ मा यसमै डक्टरेड गरे। 

आफ्नै देशमा गएर केही गरौं भन्ने भावना बोकेका उनी छिट्टै नेपाल फर्कने योजनामा छन्।

 

 

मानसिक समस्यामा हुनुहुन्छ ?

कोरोना संक्रमणको महामारीले यतिबेला सारा विश्वलाई सिमित घेरा भित्र खुम्चाईरहेको बेला अमेरिकाको केन्टकीमा बस्दै आएका डाक्टर कल्याण सुवेदी समाजिक सञ्जालमार्फत संसारभरका नेपालीलाई स्वास्थ्य सम्वन्धी सन्देश फैलाइरहेका छन्।

हिजोसम्म काम काम भन्दै तछाड मछाड गर्ने मानिसहरू यतिबेला ‘ज्यान मात्र बचाउन पाए पुग्छ’ भन्दै घरभित्रै बसेका छन्। मानिसहरू घरभित्रै बस्दा परिवारसँगको सामिप्यता बढ्नु स्वभाविक हो। तर यो सँगै परिवारभित्र आन्तरिक द्वन्द्व र हिंसाका घटनाहरु बढ्दै गएको तथ्य बाहिर आउन थालेको छ।

यतिमात्र होइन दिनहुँ आत्महत्या र बलात्कारका घटना सार्वजनिक भईरहेका छन्।

दिनभरी काममा व्यस्त हुने मानिस दिनभरी घरबस्दै संसारभर कोरोनाको संक्रमणले पारेका असरका समाचार हेर्नु, परिवारमाथिको आर्थिक बोझका कारण नैराश्यता बढ्नु, तनाव हुनु, निन्द्रा नलाग्नुजस्ता घटनाले पारिवारिक कलह बढाएको उनले बताए।

लकडाउनको अवस्थामा परिवारभित्र हुनसक्ने विभिन्न प्रकारको हिंसालाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा उनले बिएल नेपाली सेवासँग यसरी कुरा गरेका छन्।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-06-03 10:44:13

प्रतिकृया दिनुहोस्