सविन मिश्र
काठमाडौं- आन्तरिक राजस्व विभागले मंगलबार प्रकाशन गरेको सूचनाले एकाएक बजारमा तरंग ल्यायो, व्यावसायिक जगत त्यसको विरोधमा उत्रियो। नेपाल उद्योग वाणिज्य महासंघसहितका छाता संगठनका प्रतिनिधिले यसको खुलेर विरोध गरे।
चैत ११ गतेपछि लकडाउन गरिएका कारण व्यवसाय बन्द छन्। तर यहीबीचको कर असुलीका लागि दबाब दिइएको भन्दै व्यवसायीले त्यसको खुलेर विरोध गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले जेठ २५ गते तथा मसान्तमा बुझाउनुपर्ने करको विवरण तथा रकम बुझाउने समय कम्तिमा एक महिना सार्नका लागि अनुरोध नै गरिसकेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकारले अहिलेको व्यवहारिकता नबुझेको बताउँछन्। 'व्यवसाय सञ्चालनमा नआई कर उठाउन खोज्नु भनेको सरकारले वास्तविकता नबुझेको भन्न सकिन्छ,' गोल्छा भन्छन्।
बैंकले ब्याजबापतको रकम व्यवसायीबाट लगेको र लकडाउनकै बीचमा पनि कर्मचारीलाई तलब भुक्तानी गरिएकाले व्यवसायी समस्यामा परेको गोल्छा बताउँछन्। 'बैंकले ब्याज तानेको छ, कर्मचारीलाई तलब पनि दिइएको छ,' उनले भने।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया