कुसुम गौतम
सुनेर आए धन फल्छ बर्मा
तराइ - पाखा पनि हुन्छ खासा
यही भयो कर्म विशाल भूमि
समाज निर्माण गरे जुटाई ।।
लडेर योद्धा बनि वीर गोर्खा
भिरेर आए खुकुरी निसाना
सबै फिरङ्गी बलले हटाए
नमेटिने यो इतिहास ल्याए।।
सुदेश म्यान्मा छवि स्वर्ग मानी
संकल्प आफ्नै मनमा जुटाई
नयाँ कहानी मुटुमा बुनेर
मिलेर आए परिवार धेर ।।
हिमाल देख्छन् गिरिराज देख्छन्
यही धरामाथि गुराँस देख्छन्
उही छ बोली जिउँदो छ भाषा
प्रतीक हामी गुण एकताका।।
टिपौँ न! मोती सबले छरेको
चढाउँदै भाव उदारताको
छ देश म्यान्मा अति नै पियारो
समानताको छ विचार हाम्रो।।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया