शुक्रबार, १९ सेप्टेम्बर २०२५

एमसीसीको मन्द बिष : अमेरिकाको नियत बुझौं, आगत सोचौं

थाहा खबर

थाहा खबर

काठमाडौँ
News Image
• • •

विजय देवकोटा

अमेरिकी पूर्व राष्ट्रपति थोमस जेफर्सनले भनेकै रहेछन्‌, 'स्वतन्त्रताको मूल्य अनन्त सतर्कता हो।' (The price of freedom is eternal vigilance.) बेलायत अधिनस्थ अमेरिकालाई स्वतन्त्र गराउने सात संस्थापकमध्येका एक हस्ति जेफर्सनको भनाई यतिखेर नेपालीहरूका लागि निकै सान्दर्भिक भैदिएको छ।

निश्चय नै स्वतन्त्रताको मूल्य अनन्त सतर्कता हो। नेपाल तुलनात्मक रुपमा स्वतन्त्र छ नै, तर यो स्वतन्त्रता टिकाउन आवश्यक हाम्रो सतर्कता पटक-पटक खरिद-बिक्रीमा परेको छ। त्यो लापरवाही कहिले सुगौली सन्धी बनेर हाम्रो स्वाभिमानमा मडारिएको छ त कहिले नेपाल-भारत मैत्री सन्धीका नाममा हाम्रो उँचो शीरलाई भेदन गर्न खोजेको छ। कहिले खम्पा बिद्रोह त कहिले नदीनालामा विदेशी प्रभुत्व स्थापित गर्ने सन्धी/सम्झौता बनेर हामीलाई अपमानको झिरमा उनिरहन्छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!