अनलाइनखबर
‘लक डाउन सुरु भएपछि छरेको मकै, कम्मर नाघिसक्यो ।….अबको वर्षामा मकैका पातमा बज्ने पानीका थोपा सुन्न मज्जा आउने भो ।’
कान्लाभरी मकैं लहलह भएपछि कसको मन उमंगित हुन्छ ? आकासबाट बर्षेको पानीको बुँद मकैको पातमा तप्किदाँ पैदा हुने ध्वनीलाई कसले अनुभूत गर्न सक्छन् ? जवाफ हो, खाँट्टी किसानले ।
किसानहरु अन्नपात फलाउने ध्याउन्नमा मात्र हुँदैनन्, मौसमी चक्रसँग आफ्नो कर्मको लय मिलाइरहेका हुन्छन् । प्रकृतिको अवयवमा आफ्नो जीवनको सप्तरंगी खुसी साटिरहेका हुन्छन् । कृषि–कर्मको यो सौन्दर्यमा गायक अमृत गुरुङ पनि लठ्ठिएछन् ।
त्यसैले त कहिले खर्कमा अञ्जुलीभरी ऐंसेलु र चुथ्रो टिपेर खाँदै, कहिले स–सना कान्लामा मकै गोड्दै उनी खेती–किसानीमा रमाइहेका छन् । जसै देशभर लकडाउन भयो, यि गायक पोखराबाट आफ्नो पुर्ख्यौली थातथलोतर्फ उक्लिएछन् । त्यसपछि उनको वास भयो, गोठमा ।
कास्की र स्याङ्जाको समीमावर्ती भेग मुलपानीमा रहेको बस्तुभाउ र अन्नबाली सम्हाल्दै आएका रहेछन् । लकडाउनका फुर्सदिला दिनहरु गायक गुरुङले यही मुलपानीको खेतीपाती र बस्तुभाउमा लगाए । गोठमा बस्ने, ध्यान गर्ने, जंगलका सागपात खोज्ने, मकै–फापर खाने, अन्नपात गोडमेल गर्ने, बस्तुभाउ स्यहार्ने । यसबीचमा संगीत साधना त छँदैछ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया