बिएल संवाददाता
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार मध्याह्न १२ बजे उनको सेती अस्पतालको ‘डायलासिस वार्ड’मा मृत्यु भएको थियो ।
उनको शनिबार बिहान अन्त्येष्टि भइसकेको वडा नम्बर–४ का अध्यक्ष दीपक थापाले जानकारी दिए ।
उनको मोहना घाटमा अन्त्येष्टि गरिएको थियो ।
कोरोना भएको अन्त्येष्टिपछिमात्रै जानकारी पाएको वडाध्यक्ष थापाले बताए ।
अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
मृत्युपछि उनको संस्कारअनुसार अन्त्येष्टि भइसकेको बताउँदै कार्कीले स्वास्थ्य कार्यालय अहिले ‘ट्रेसिङ’मा जुटेको बताए ।
कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्येष्टि भएपछि अहिले मृतकको टोलमा त्रास फैलिएको छ ।
लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेकी थिइन् । डायलासिसअघि उनको ‘आरडीटी रिपोर्ट’ भने ‘नेगेटिभ’ आएको जनाइएको छ ।
मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइएकोमा शनिबार दिउँसो कोरोना पुष्टि भएको हो ।
मृतकमा कोरोना पुष्टि भएपछि अस्पतालको डायलासिस वार्ड ‘सिल’ गरिएको छ ।
मृतक महिला यसअघि काठमाडौंबाट उपचार गराएर फर्किएकी बताइएको छ ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया