बिएल संवाददाता
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार मध्याह्न १२ बजे उनको सेती अस्पतालको ‘डायलासिस वार्ड’मा मृत्यु भएको थियो ।
उनको शनिबार बिहान अन्त्येष्टि भइसकेको वडा नम्बर–४ का अध्यक्ष दीपक थापाले जानकारी दिए ।
उनको मोहना घाटमा अन्त्येष्टि गरिएको थियो ।
कोरोना भएको अन्त्येष्टिपछिमात्रै जानकारी पाएको वडाध्यक्ष थापाले बताए ।
अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
मृत्युपछि उनको संस्कारअनुसार अन्त्येष्टि भइसकेको बताउँदै कार्कीले स्वास्थ्य कार्यालय अहिले ‘ट्रेसिङ’मा जुटेको बताए ।
कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्येष्टि भएपछि अहिले मृतकको टोलमा त्रास फैलिएको छ ।
लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेकी थिइन् । डायलासिसअघि उनको ‘आरडीटी रिपोर्ट’ भने ‘नेगेटिभ’ आएको जनाइएको छ ।
मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइएकोमा शनिबार दिउँसो कोरोना पुष्टि भएको हो ।
मृतकमा कोरोना पुष्टि भएपछि अस्पतालको डायलासिस वार्ड ‘सिल’ गरिएको छ ।
मृतक महिला यसअघि काठमाडौंबाट उपचार गराएर फर्किएकी बताइएको छ ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया