बिएल संवाददाता
भोलि असार १ गते सोमबारबाट बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ । जेठ २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार असार १ गतेदेखि सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।
यस्तै सेवाग्राहीको भिडभाड नहुने गरी लामबद्ध हुने गरी सेवा प्रदान गर्नुपर्ने तथा सेवाप्रवाह गर्दा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप प्रोत्साहन गर्ने नीति लिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सोमबारबाट कुन-कुन शाखामा दुई सिफ्टमा सेवा प्रदान गर्ने बैंकहरुले नै सुचना निकालेर जानकारी गराउने राष्ट्र बैंकले जनाएको छ । “नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार भिडभाड हुने शाखामा दुई सिफ्ट सञ्चालन गरेर सेवा प्रदान गर्न निर्देशन दिएका हो”, राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भने, “ ग्राहको भिडाभाड नहुने शाखामा किन सिफ्ट सञ्चालन गर्नुपर्यो ।”
बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि राष्ट्र बैंकको निर्देशन अनुसार भोलिबाट भिडभाड हुने शाखा दुई सिफ्टमा सञ्चालन गरिने बताउँछन् ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया