बिएल संवाददाता
भोलि असार १ गते सोमबारबाट बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ । जेठ २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार असार १ गतेदेखि सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।
यस्तै सेवाग्राहीको भिडभाड नहुने गरी लामबद्ध हुने गरी सेवा प्रदान गर्नुपर्ने तथा सेवाप्रवाह गर्दा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप प्रोत्साहन गर्ने नीति लिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सोमबारबाट कुन-कुन शाखामा दुई सिफ्टमा सेवा प्रदान गर्ने बैंकहरुले नै सुचना निकालेर जानकारी गराउने राष्ट्र बैंकले जनाएको छ । “नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार भिडभाड हुने शाखामा दुई सिफ्ट सञ्चालन गरेर सेवा प्रदान गर्न निर्देशन दिएका हो”, राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भने, “ ग्राहको भिडाभाड नहुने शाखामा किन सिफ्ट सञ्चालन गर्नुपर्यो ।”
बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि राष्ट्र बैंकको निर्देशन अनुसार भोलिबाट भिडभाड हुने शाखा दुई सिफ्टमा सञ्चालन गरिने बताउँछन् ।

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया