सेरेनाको उद्देश्य नै ग्राण्ड सलाम जित्नु हाे: प्रशिक्षक मोराटोग्लू

विश्व टेनिस स्टार सेरेना विलियम्सका प्रशिक्षक प्याट्रिक मोराटोग्लूले सेरेना यो वर्षको युएस ओपन टेनिस खेल्न अति इच्छुक रहेको बताएका छन्।

प्रशिक्षक प्याट्रिकले सेरेनाबारे बिबिसी रेडियोसँगको अन्तर्वार्तामा भने ,‘उनी टेनिसमा फर्किएको पक्कै पनि ग्राण्ड सलाम जित्नका लागि हो। उनको उद्देश्य नै त्यहि हो। यो नै विजयको पहिलो यात्रा पनि हुन सक्छ।’

३८ वर्षकी विलियम्स गएको वर्षको युएस ओपनमा फाइनलमा पुगेकी थिइन्।

तर यो वर्षको युएस ओपन टेनिस कोरोना भाइरसको महामारीका कारण प्रभावित भएकाे छ। यद्यपि खेलहरु आउँदो अगस्ट ३१ देखि सुरु हुने तयारी छ। तर या खेल भने नियमित भन्दा फरक हुनेछ। काेराेना भाइरसकाे संक्रमित बढ्न थालेपछि खेलकूद क्षेत्रहरुमा दर्शक कम गर्नेदेखि बन्द रंगशालमा प्रतियाेगिता संञ्चालन समेत गरिएकाे छ। यसले गर्दा प्रदर्शनमा केही कमी आउने उनकाे भनाइ छ। 

पूर्व विश्व नम्बर एक सेरेनाले युएस ओपनको उपाधि ६ पटकसम्म जितेकी छन्। उनी गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा तेस्रो चरणबाट बाहिरिएकी थिइन्।

उनले यो वर्षको सुरुवात अक्ल्याण्ड ओपनको उपाधि जितेर गरेकी थिइन्। सो उपाधि सन् २०१७ को सेप्टेम्बरमा आमा बनेपछिको उनको पहिलो उपाधि पनि हो।

प्रकाशित मिति: : 2020-06-16 10:00:09

प्रतिकृया दिनुहोस्