शुक्रबार, ०१ अगस्ट २०२५

८२ वर्षीया वृद्धालाई नगद सहयोग

रासस

रासस

चिप्लेढुङ्गा
News Image
• • •

सडक पेटीमा मकै पोलेर जीविकोपर्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई नगद रू १० हजार प्रदान गरिएको छ। 

पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी साहारा क्षेत्रीको बारेमा जेठ २५ गते  राससमा ‘हरियो मकैले धानेको बुढ्यौली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

 समाचारबाट उनको बास्तविकता बुझेपछि बेलायत निवासी समाजसेवी प्रेमबहादर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएका हुन्। 

'हामीले बुढी आमाको बारेमा समाचारमा पढ्यौ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ माया ममता र उचित स्याहारका साथ बाँच्नुपर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनु भएको रहे । रक्तचापको बिरामी हुनुहुँदो रहेछ, त्यसैले सहयोग पठाएका हौ' प्रेमले भने।

दोसल्लाको सम्मानसहित नगद १० हजार बुझ्दै गर्दा क्षेत्रीको आँखा रसाएका थिए।  'मेरै कोखबाट मैले नजन्माएपनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई  दबाइ खर्च पठाउँछन्।' उनले भने, 'बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु।'
    
बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारको लागि सहयोग अभियानमा सक्रिय छन्। उनले भने, 'यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दरो बनाएर आगोमा पसिना चुहाउनु भएको छ, बाँच्नका लागि सङ्घर्ष गर्नुभएको छ।'

उनले आफू र साथी पार्वती गुरुङ कोरोनाको समयमा सहयोग अभियानमा जुटेको र हालसम्म एक हजारलाई राहत वितरण गरिसकेका जानकारी दिए। i

बुधबार, असार ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)