बिएल संवाददाता
एनआइसी एशिया लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ। लघुवित्तको आईपीओमा हालसम्मकै धेरै आवेदकबाट आवेदन परेको हो।
लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार कार्यालय समयसम्ममा ४ लाख १२ हजार ३३२ जनाले आवेदक गरेका हुन्। यो आवेदन संख्या सर्वसाधारणमा निष्काशन गरिएको आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।
यसअघिको नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा पनि ४ लाख बढी आवेदन परेपनि ३ लाख ९० हजार योग्य आवेदकले शेयर पाएका थिए।
प्रारम्भिक तथ्याङ्क अनुसार सर्वसाधारणमा निष्काशन गरिएको शेयरको तुलनामा ५.१७ गुणा धेरै माग परेको हो। लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो। तर आवेदकहरुबाट भने २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ताका लागि माग भएको क्यापिटलले जनाएको छ।
अन्तिम तथ्याङ्कमा भने माथि उल्लेखित विवरणमा केही परिमार्जन हुनसक्ने क्यापिटलले जनाएको छ।
लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया