बिएल संवाददाता
एनआइसी एशिया लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ। लघुवित्तको आईपीओमा हालसम्मकै धेरै आवेदकबाट आवेदन परेको हो।
लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार कार्यालय समयसम्ममा ४ लाख १२ हजार ३३२ जनाले आवेदक गरेका हुन्। यो आवेदन संख्या सर्वसाधारणमा निष्काशन गरिएको आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।
यसअघिको नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा पनि ४ लाख बढी आवेदन परेपनि ३ लाख ९० हजार योग्य आवेदकले शेयर पाएका थिए।
प्रारम्भिक तथ्याङ्क अनुसार सर्वसाधारणमा निष्काशन गरिएको शेयरको तुलनामा ५.१७ गुणा धेरै माग परेको हो। लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो। तर आवेदकहरुबाट भने २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ताका लागि माग भएको क्यापिटलले जनाएको छ।
अन्तिम तथ्याङ्कमा भने माथि उल्लेखित विवरणमा केही परिमार्जन हुनसक्ने क्यापिटलले जनाएको छ।
लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया